राष्ट्रपतिद्वारा प्रधानमन्त्री र पूर्व कानुमन्त्रीसँग छलफल


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
14.2K
SHARES

१५ असार काठमाडौँ ।आज प्रधानमन्त्री केपी शर्मा ओली र   पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र पूर्व कानुनमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेनि ११ बजेर २० मिनेटसम्म छलफल गरेको स्रोतले जनाएको छ ।

यस्तै, पूर्व कानुनमन्त्री श्रेष्ठसँग दिउँसो ३ बजेदेखि सवा ४ बजेसम्म भेटवार्ता भएको थियो । भेटमा भएको छलफलबारे पनि खुलाइएको छैन ।