राष्ट्रपतिलाई मुद्दा लाग्दैन – वरिष्ठ अधिवक्ता पन्त


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १६ २०७८
16.5K
SHARES

१६ असार काठमाडौं । अहिले  प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारी कदमको प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरेका छन् ।

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने जिकीर गर्दै भन्नुभयो, ‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।

संसदीय शासन पद्दतिमा प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिको इन्हेरेन्ट राइट (अर्थात् अन्तरनिहित अधिकार) भएको दाबी गर्दै पन्तले प्रश्न गर्नुभयो, ‘मुद्दा लाग्ने भए निवेदक पक्षले राष्ट्रपतिलाई किन प्रत्यर्थी नबनाएको ?

वरिष्ठ अधिवक्ता पन्तले धारा ७६(५) अनुसार राष्ट्रपतिले आफ्नो भनाइ नै राख्न मिल्दैन भनेर संविधानले नबोलेको जिकीर पनि गर्नुभयो ।