गुटको भेलामा जादैनौ – नेतृ झाँक्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
12.1K
SHARES

१८ असार काठमाडौ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले आज (शुक्रबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठकलाई गुटको भेला भन्दै बिरोध गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत झाँक्रीले आफूहरुले उठाउँदै आएका राजनीतिक र सांगठानिक मुद्धाको सम्बोधनबिना बैठकमा उपस्थित हुने कुरै नआउने स्पष्ट पारेकी छन् ।

‘भ्रममा नपरौ भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो,’ बिहीबार राति उनले ट्वीट गर्दै भनेकी छिन्, ‘हामीले उठाएका राजनीतिक र सांगठनिक मुद्धाको सम्बोधनबिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन । आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ ।’

माधव नेपाल पक्षले बिहीबारको कार्यदल बैठकमा अध्यक्ष ओलीले आजका लागि बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको गरिसकेको छ ।