नेपाललाई यस्तो निर्देशन दिदै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
11.3K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा (एमाले)का सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ ।

आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यही असार २० गतेभित्र देउवालाई दिएको समर्थन फिर्ता लिन उनीहरुलाई निर्देशन दिएको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले आफ्ना सांसदहरुलाई दुई दिनभित्र देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव राखेका थिए । बैठकले उक्त प्रस्ताव पारित गरेको हो । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको प्रस्तावमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए ।