देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सासंदलाई छुट छैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
4.9K
SHARES

१८ असार काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट नभएको बताएका छन्।

शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने चेतावनीसमेत दिए।

उनले भनेका छन्, ‘यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।’