बामदेव जी आयो गयो नहोस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
5.6K
SHARES

१८ असार काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गरेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् ।

बैठकमा उनलाई स्वागत गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस् ।’