अहिले नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सन्चालन


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
6K
SHARES

१९ असार काठमाडै  ।अहिले नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर केहीबेरअघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ ।

पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ । १७ किलो र चार किलो भन्ने स्थानमा पहिरो हटाउने काम जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्ने छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।