अब नयाँ पार्टी खोल्नु रहरले होइन, बाध्यताले हो – नेता नेपाल
१९ असार काठमाडौ । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु आफ्नो रहर नभएर बाध्यता भएको बताएका छन् । शनिबार आफूनिकत सांसदहरूलाई बोलाएर नयाँ पार्टी गठनको विषयमा कुराकानी गर्दै नयाँ पार्टी खोल्नु आफ्नो रहर नभएर बाध्यता भएको बताएका हुन्।
बैठकमा नेत्रविक्रम चन्द, मोहनविक्रम, नारायणमान बिजुक्छेलगायत सबै कम्युनिस्ट नेतालाई नयाँ पार्टीमा समावेश गरेर लैजाने नेपालको भनाइ रहेको स्रोत बताउछ ।
साथै, सर्वोच्च अदालतमा दायर रिटमा एमालेकातर्फबाट २३ जना सांसदले विपक्षसँग मिलेर गरेको हस्ताक्षर कुनै पनि अवस्थामा फिर्ता नहुने पनि उनले बताएका छन् ।