प्रधानमन्त्री ओली र नेता रावलबीच भेटवार्ता सम्पन्न, यस्तो भयो छलफल
२० असार काठमाडौं ।आज नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार राति ओली र रावलबीच करिब डेढ घण्टा छलफल भएको छ तर कुराकानीको विषयमा केहि खुलाएको छैन ।
नेता रावलका स्वकीय सचिव एकेन्द्र कुवँरका अनुसार रावल करिब ९ बजेतिर बालुवाटर प्रवेश गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन ओलीले माधव नेपाल पक्षका सांसहरूलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएका छन् ।
उनले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने चेतावनी पनि दिएका छन् ।आइतबार राति नेपाल पक्षीय नेता रावलले ओलीलाई भेटेका हुन् ।