हस्ताक्षर फिर्ता हुदैन, पद गए जान्छ – नेपाल पक्ष


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २१ २०७८
6.6K
SHARES

२१ असार काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ओलीले आज बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले हुन नसक्ने बताएका थिए ।

तर नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको थियो ।

ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए । त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुईघण्टा बढी छलफल गरेका थिए ।

आज बिहान एक सांसद्ले अनौपचारिक छलफलमा भने, “अहिले हस्ताक्षर फिर्ता लिने भन्ने कुरै रहँदैन । सांसद पद गए जान्छ तर अहिले हस्ताक्षर फिर्ता लिने सम्भावना छैन । अदालतको फैसला नआउन्जेल केही हुँदैन ।”