अदालतको बहस सकिएपछि प्रधानमन्त्री ओलीलाई आयो यस्तो सूचना, आफु निकट नेतालाई दिए निर्देशन


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
12.9K
SHARES

२३ असार काठमाडौ ।नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अबस्थामा बस्न निर्देशन दिएका छन्।  बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।

‘हाम्रो पार्टीका विरुद्ध मोर्चा बनाएरै लागेका छन्, तल्लो तहसम्मै पुत्ला दहन भइरहेको छ,’ ओलीले भने, ‘त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु अन योर मार्क, गेट सेट, गोु अन्तर्गत गेट सेटको अबस्थामा बस्नुस्।’

उनले सारा पक्ष आफ्नाविरुद्धमा मोर्चाबन्दी बनाएर लडिरहेका बेला आफूहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।  प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट

११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन्। त्यो असाधरण निर्णय के हुन्छ त्यो भने ओलीले भनेनन् ।

यी हुन् ओलीका दुई संदेश 

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले बहिष्कार गरेको नेकपा ९एमाले०को केन्द्रीय कमिटी बैठक शनिबार पनि बस्यो । बालुवाटारमा दुई दिनसम्म चलेको बैठकले केही महत्वपूर्ण सन्देश दिएको छ ।

बैठकले खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नलिए पार्टी एक नरहने उद्घोष एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । ओलीले अदालतको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिए ती नेताहरु एमालेमा रहन नसक्ने बैठकमा बताए ।

“पार्टीको विचार, संगठन, एकताको पक्षमा, पार्टीको सुदृढीकरणको पक्षमा छ भने पार्टीको नेता हो । पार्टीलाई ढाल्ने उद्देश्य छ भने पार्टीको नेता होइनन् । सप्रिएर आउन पाइन्छ ।

सप्रिने समय १० वर्ष पर्खन सकिन्न,” ओलीको भनाइ थियो, “मुद्दाको फैसला हुदाँसम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा प्रधानमन्त्री बनाउनेमा ज–जसको हस्ताक्षर रहन्छ, ती पार्टी कार्यकर्ता होइनन् ।”

तर, खनाल–नेपाल समूह हस्ताक्षर फिर्ता नलिने अडानमा कायमै छ । हस्ताक्षर फिर्ता नलिनुले पार्टी एकतामा कुनै असर नगर्ने उक्त पक्षको निष्कर्ष छ । खनाल–नेपाल समूहले पार्टी बैठकलाई अवैध भन्दै अस्वीकार गर्दै आएको छ ।

२०७५ जेठ २ गतेको कमिटीमा पार्टीलाई फर्काउनुपर्ने अडान राख्दै आएको छ । ओली पक्षले कमिटी जेठ २ मा फर्किएको दाबी गर्दै आएको छ । तर, खनाल–नेपाल समूहले भनेजसरी फर्किन नसकिने ओली पक्षको सन्देश छ ।

शनिबारको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले खनाल–नेपाल समूहले भनेजस्तो गरी जेठ २ मा पुग्न नसकिने बताए । पूर्वमाओवादीलाई बाहिर राखेर जाने प्रस्ताव स्वीकार्य नहुने उनको भनाइ थियो ।

“माधव नेपालहरुले भनेजस्तो जेठ २ स्वीकार्य हुन सक्दैन । पूर्वमाओवादीका साथीहरु बाहिर जान मिल्दैन र जान सकिँदैन । माधव नेपालहरुको यान्त्रिक प्रस्ताव स्वीकार्य छैन,” पोखरेलले बैठकमा भने ।

शनिबारको बैठकमा ओलीले आफूहरु खनाल–नेपाल समूहका मागअनुसार जेठ २ मा फर्किएको जिकिर गरे । यही असार १६ गतेका लागि तय गरिएको बैठक खनाल–नेपाल समूहलाई नै कुरेका कारण असार १८ गते ९शुक्रबार० मात्रै सुरु गरिएको उनको भनाइ थियो ।

“हामी जेठ २ मा फर्कियौँ । जेठ २ मा फर्किएपछि उहाँहरु आउनु पर्दैन रु जेठ २ मा फर्कने उहाँहरुको माग होइन रु कारबाही फुकुवा उहाँहरुको माग होइन रु जति गर्दा पनि उस्ता उस्तै छ त फेरि । केही पनि फरक परेको छैन,” ओलीको आक्रोशपूर्ण अभिव्यक्ति थियो ।