एमाले कार्यदलको बैठक बारे नेता पोखरेलले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
11.4K
SHARES

२५ असार काठमाडौं ।अहिले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । आज मध्याह्न १२ बजेदेखि जारी बैठकमा सहमतिको प्रयास भइरहेको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिए ।

बैठकबाट बाहिरिएका पोखरेलले सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै आफूहरू सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताए । हामी अधिकतम प्रयास गरिरहेका छौँ । सम्भवतः आजै टुङ्याउँछौँ,” उनले भने ।

बुधबार राति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएको थियो । तर ‘पावर सेयरिङ’मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।