पार्टीसँग सरोकार नराख्ने व्यक्तिले दल खारेजी माग्नु हास्यास्पद – माओवादी केन्द्र


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
7.9K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका छन्।

पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा माओवादी केन्द्रले आपत्ति जनाएको छ। ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ,’ विप्तिमा भनिएको छ।

केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरेको माओवादी केन्द्रले भनेको छ। बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए।