जनताको सुख:दुखमा नारायणकाजी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
7.3K
SHARES

२५ असार गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कमरेड नारायणकाजी श्रेष्ठ “प्रकाश” ले गोरखाको पालुङटार नगरपालिकाका पहिरो पिडितलाई भेटेर राहात प्रदान गर्नुभएको छ । पछिल्लो समय लगातारको बर्षाका कारण अति प्रभावित पालुङटार नगरपालिकाको सेरा, बिर्दी, हवाइ ग्राउन्ड, बड डांडा, छापथोक, राउतेपानी, आँपपिपल, बडहरे खोला लगायत क्षेत्रमा पुगे बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्दै प्रभावितहरुलाई राहत बितरण गर्नुभएको हो ।

पिडितलाई भेटेर उहाँले बाढी र पहिरो पिडितहरुका लागि अल्पकालीन र दीर्घकालीन समाधानका निम्ति गण्डकी प्रदेशका मुख्यमन्त्री मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउनुका साथै तिनवटै सरकार सँगको समन्वयमा समस्या समाधानका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रेष्ठले तत्कालै समस्यामा परेका जनताको लागि त्रिपाल, कम्बल लगायतका सामाग्री प्रदान गर्नुभएको हो । सोही क्रममा नेकपा माओबादी केन्द्र पालुङटार पुर्याएको क्षति क्षतिको विवरण बारे प्रवक्ता श्रेष्ठलाई जानकारी गराएको छ ।