मस्यौदालाई आजै पूर्णता दिने तयारी छौं – नेता पन्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
4.9K
SHARES

काठमाडौं । एमाले कार्यदलको बैठकबाट शंकर पोखरेलपछि रघुजी पन्त पनि बाहिरिएका छन् । सिंहदरबारमा जारी बैठकमा अरू कार्यदलका सदस्यहरूबीच भने छलफल भइरहेको बैठकबाट बाहिरिएका नेता पन्तले जानकारी दिए ।

उनले आजको बैठकमा एकताका लागि तयार पारिएकाे मस्यौदामा कार्यदलका सदस्यहरूले आफ्नो विचार राखेको बताए । उनका अनुसार सो मस्यौदालाई आजै पूर्णता दिने तयारी गरिएको छ ।एकताका लागि तयार पारिएको मस्यौदामा छलफल भयो ।

हामीलाई लागेका कुराहरू राख्यौँ । हाम्रा सुझावलाई समेटेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णता दिइने तयारी भएको छ । बैठक चलिरहेको छ, फाइनल रूप दिने प्रयास भइरहेको छ,” उनले भने ।