यस्तो निष्कर्ष निकाल्दै सहमतिमा पुगियो , अन्तिम रूप भोलि दिइने – एमाले कार्यदल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
6.7K
SHARES

२५ असार काठमाडौं । आजनेताहरूले नेकपा एमालेको कार्यदल बैठक पार्टी एकतालाई जोगाउन सहमतिको पुगेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टा लामो छलफलपछि नेताहरूले सहमतिमा पुगेको बताएका हुन् । कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार अब केही भाषिक विषय मिलाउन मात्र बाँकी छ ।

हामीले झण्डै सात घण्टा सौहार्द रूपमा छलफलमा व्यतित गरेका छौँ । पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौँ ।

सहमतिको दस्ताबेजलाई अन्तिम रूप दिन, भाषिक परिमार्जनका विषयमा भोलि एकछिन बस्न पर्ने भएकाले भोलिसम्मका लागि बैठक स्थगित गरेका छौँ”, बैठकपछि उनले भने ।

पार्टीको भविष्य के होला भन्ने कार्यकर्ताको चिन्ता दूर गर्ने उनले बताए । आजको छलफल सकारात्मक, सौहार्द र रचनात्मक भएको उनको भनाइ छ । त्यस्तै कार्यदलका सदस्य गोकर्ण विष्टले केही विषय टुङ्गन बाँकी रहेको र भोलि बस्ने बैठकबाट टुंगिने जानकारी दिए । “समयको अभावले एकाध विषय बाँकी रहेको छ । अरू सबै सन्दर्भमा हामी सहमतिमा पुगेका छौँ,” बैठकपछि विष्टले भने ।