५ एआइजीको सरुवा : को-कहाँ ? (हेर्नुहोस सूचीसहित)


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
9.3K
SHARES

२६ असार काठमाडौं। नेपाल प्रहरीमा ५ एआइजीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा सहकुल थापालाई बढुवा गरेसँगै पदस्थापन गरी अन्य एआइजीको पनि सरुवा निर्णय गरेको हो।

एआइजी सहकुल थापालाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ।

वरियतामा सबैभन्दा माथि रहेका एआइजी हरि पाललाई कार्य विभागमा पठाइएको छ। निरज शाही अपराध अनुसन्धान विभागमा सरुवा गरिएका छन्।

महानगरीय प्रहरी कार्यालयमा एआइजी प्रद्युम्न कार्कीको सरुवा भएको छ। विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएका छन्।

सरुवा गरिएका प्रहरी
हरि पाल, कार्य विभाग
निरज शाही, अपराध अनुसन्धान विभाग
प्रद्युम्न कार्की, महानगरीय प्रहरी कार्यालय
विश्वराज पोखरेल, प्रहरी प्रशिक्षण प्रतिष्ठान
सहकुल थापा, मानव स्रोत तथा प्रशासन