लुट्न सके लुट कान्छा – प्रदेश सांसद थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
4.5K
SHARES

२६ असार जनकपुरधाम ।आज नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश नम्बर–२ सरकारको बजेटमाथि कटाक्ष गरेकी छन् । शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले बजेटमा बह्मलुट गर्ने योजना समावेश गरिएको भन्दै कटाक्ष गरेकी हुन् । “लुट्न सके लुट कान्छा प्रदेश–२ मै छ छुट,” उनले भनिन् ।

सरकारले कार्यकता पाल्न र कमिसन खाने हिसाबले योजना ल्याएको आरोप उनले लगाइन् । सांसदले संसद्मा उठाएको मुद्दालाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।

जनता आवास कार्यक्रम अलपत्र रहेको उदाहरण दिँदै उनले सरकारले समयमा बजेट उपलब्ध नगराएकोप्रति आपत्ति जनाइन् । सरकारले तेस्रो किस्ताको रकम नपठाउँदा असारको वर्षामा गरिबको बिजोग भएको उनले बताइन् ।