एमाले कार्यदल : बैठक बस्न सकेन, यी नेताहरू बाहिरिए


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
4.4K
SHARES

२६ असार काठमाडौं । आजनेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक शनिबार अपराह्न ४ बजेसम्म बस्न सकेको छैन । बैठक दिउँसो साढे २ बजे बस्ने तय गरिएको थियो । सिंहदरबारस्थित बैठकस्थलमा केही नेताहरु उपस्थित भए पनि बैठक बसेको छैन । नेता माधवकुमार नेपाल पक्षका नेताहरु बैठक नबसी त्यहाँबाट बाहिरिएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु भने बैठकस्थलमा नै छन् ।

यसअघि, आजै कार्यदलमा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका नेता भीम रावलबीच सिंहदरबारमै केही बेर छलफल भएको थियो । नेताहरुले आज दुई पक्षबीच सहमति हुने बताएका थिए ।