सहमतिबारे नेपाल समूह भर्चुअल छलफलमा , यस विषयमा बाकी रहेको जानकारी


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
6.2K
SHARES

२६ असार काठमाडौं ।आज  नेकपा (एमाले)का नेता माधवकुमार नेपाल समूह स्थायी कमिटीको अनौपचारिक छलफलमा जुटेको छ । अहिले भर्चुअल माध्यमबाट बैठक जारी छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा भएको सहमतिबारे छलफल भइरहेको स्रोतले जानकारी दियो । बैठकमा कार्यदलका सदस्यहरुले कार्यदलमा भएको सहमतिका बारेमा ‘बिफ्रिङ’ गरेका छन् ।

कार्यदलका नेताहरुले सहमतिनजिक पुगेको बताएका छन् । भोलि बिहान ८ बजेका लागि कार्यदलको बैठक बोलाइएको छ । आजको बैठकपछि नेता गोकर्ण विष्टले सहमतिनजिक पुगेको र भोलि बिहान सुखद समाचार सुन्न पाइने प्रतिक्रिया दिएका छन् ।

स्रोतका अनुसार संसद् विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षरको विषयमा अझै कुरा मिल्न बाँकी छ । यस्तै, नेता नेपाल पक्षले सहमतिलाई विश्वास गर्ने आधारको खोजी गरिरहेको छ ।