यस्तो भन्दै नेता पौडेल बैठकबाट बाहिरिए


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
10.4K
SHARES

२७ असार काठमाडौ । अहिले एमालेको कार्यदल बैठक अहिले पनि जारी रहेको छ । विहान सवा ९ बजेटबाट सुरु भएको बैठक अहिले पनि जारी रहेको छ । जारी बैठकबाट कार्यदल सदस्य विष्णु पौडेल बाहिरिएका छन् ।  पौडेल निकट स्रोतका अनुसार उनी बैठकस्थलबाट बाहिरिएर सिधै बालुवाटार गएका छन् । बैठकको प्रगति र सहमित जुट्न नसकेको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीसँग कुराकानी गर्न बालुवाटार गएका हुन् ।

पौडेलले भने आफू जरुरी काम परेर निस्किएको र अन्य सदस्यहरु छलफलमै रहेको बताएका छन्। दिउँसो बैठकको बीचबाटै कार्यदलका सदस्य माधव नेपाल निकट घनश्याम भुसाल बाहिरिएका थ‍िए। बैठकस्थलबाट बाहिरिएपछि उनले बानेश्वरको एक होटलमा नेता नेपालालई बैठकबारे बिफ्रिङ गरेका थिए।