यस्तो भाषा नराख्यौ , सहमतिमा हतार नगरौँ – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
3.6K
SHARES

२७ असार काठमाडौं ।आज  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको सहमतिमा अदालत प्रभावित हुनेगरी भाषा राख्न नहुने बताएका छन् । नेपालले आइतबार आफू निकटका नेताहरूलाई मुख्यगरी तीनवटा विषयमा स्पष्ट हुनुपर्ने बताएको नेता जीवराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेता नेपालले जेठ २ गते फर्किने कुरामा स्पष्ट रूपमा दोहोरो अर्थ नलाग्ने भाषा राख्नुपर्ने बताएका छन् । यस्तै, उनले अदालत प्रभावित हुनेगरी कुनै पनि भाषा राख्न नहुने अडान लिएका छन् ।

नेतासँगको भेटमा गरेका सम्झौता र सहमति कार्यान्वयनको सुनिश्चितता कसरी गर्ने भन्ने बारेमा पनि छलफल भएको श्रेष्ठले बताए । नेता नेपालले सहमति कार्यान्वयनकाे सुनिश्चितता नभएसम्म हस्ताक्ष गर्न नहुने बताएका छन् ।

उनका अनुसार केपी ओली पक्षबाट यी विषयमा स्पष्ट रूपमा कुरा आउन सकेको छैन । नेता नेपालले पार्टी एकताका लागि हुने सहमतिमा हतार गर्न नहुनेमा जोड दिएको श्रेष्ठको भनाइ छ ।