यस्तो निष्कर्ष निकाल्दै एमाले कार्यदलको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
3.6K
SHARES

२७ असार काठमाडौ । आज सिंहदरबारको अर्थमन्त्रालयमा हाल दुई भागमा बाँडिएको एमाले एकताको सहमति भएको छ । कार्यदलको बैठक सकिएपछि नेपाल समूहका कार्यदलका संयोजक भीम रावलले बैठकले एमाले एकताको सहमति भएको बताए ।

सम्पूर्ण समस्याहरुलाई समाधान गर्न अघि बढ्ने अठोट गरेका छौँ । १० बुँदे सहमति गरिएको छ ।’ १० बुँदे सहमतिका निर्णयहरु प्रदिप ज्ञवालीले पढाएर सुनाएका हुन् ।

हिजो नै आज आइतबार एकताको सन्देश सुन्न पाइने कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका थिए । तर, आइतबार राति साढे १० बजेपछि बल्ल एकताको सहमति सफल भएको छ ।