मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो – नेता थापा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
6.4K
SHARES

२७ असार काठमाडौ ।आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गरेका छन् ।

एमालेमा १० बुँदे सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’, उनले सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति लेखेका छन् ।

उनले सर्वोच्चले सर्वोच्चबाट फैसला हुनुअघि नै विवादास्पद टिप्पणी पनि गरेका छन् । एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि दावी गरेक छन् । ‘सर्वोच्चद्वारा न परमादेश । न पुनःस्थापना !’, उनले लेखेका छन्, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !’

एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो भने सो सहमतिपछि बालुवाटारबाट यस्तो अभिव्यक्ति, आ​एको हो ।