हस्ताक्षरमा फिर्ता हुदैन , प्रधानमन्त्रीका सल्लाहकारबाटै अदालतको मानहानी भयो – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
10.7K
SHARES

२८ असार काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारबाटै अदालतको मानहानी गर्ने काम भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, “हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमनत्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।”

के भनेका थिए सूर्य थापाले ?

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले अब शेरबहादुर देउवाको साथमा बहुमत सांसद नरहेको भन्दै सर्वोच्चले आदेश वा परमादेश जारी गर्न नसक्ने बताएका थिए ।

उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका थिए ।