बाहिर गरेको सहमति मलाई मान्य छैन – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
6.1K
SHARES

२८ असार काठमाडौं ।अहिले नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नभएको बताएका छन् । कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने बताएका छन् ।

उनले आफू निकट नेताहरुसँग आफ्नो सहमति नभएको बताएका थिए । “त्यसमा मेरो सहमति छैन, अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम हुँदैन,” उनको भनाइ उद्धृत गर्दै नेपाल निकट एक नेताले भने,“बाहिर बाहिर सहमति गरेर हुन्छ ? भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।”