स्थायी कमिटी बैठकमा नेपाल पक्ष नजाने


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
7K
SHARES

२८ असार काठमाडौ ।आज नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ।

स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने उनले जानकारी दिए। सचिव तामाङले बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी सदस्यलाई पनि जानकारी गराएको बताएका छन्। नेपाल समूहका नेताहरूले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नआएको र आफूहरू त्यो बैठकमा सहभागी नहुने बताएका छन्।

हामीलाई बैठकको जानकारी पनि छैन। कार्यदलको बैठक बसिरहेको छैन। सहमति भएको छ। बालुवाटारमा बोलाइएको गुटको भेला हो, एमाले स्थायी कमिटी बैठक होइन,’ नेपालनिकट स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने,‘हामी जाँदैनौं।’

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा कार्यदलको बैठक भइरहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।