अदालतको आदेशलाई सम्मान र स्वागत गर्छु – नेता भट्टराई
२८ असार काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशको सम्मान र स्वागत गरेका छन् । उनले नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनःस्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु ।
हिजो भएको १० बुदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसद्भित्र र बाहिर पनि एक ढिक्का रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”