प्रधानन्यायाधीशलाई नेता बस्नेतले दिए यस्तो चुनौती


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
11.4K
SHARES

२८ असार काठमाडौं ।अहिले  नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् ।

संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए ।