नेपाल समूहका माथि अध्यक्ष ओलीले लगाए यस्तो आरोप


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
3.6K
SHARES

२९ असार काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित सो पक्षका सांसदलाई अराजक समूहको संज्ञा दिएका छन् ।

बालुवाटारबाट बाहिरिँदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफ्नै पार्टीको सरकार ढलाउन गरेको हस्ताक्षर गरेकाहरु विद्रोही नभई अपराधी भएको उनको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले पार्टी विभाजन र सरकार ढलाउन बाह्य शक्तिकेन्द्र समेत सक्रिय रहेको बताए ।