शपथमा ओली नजाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
3.2K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवाको शपथ ग्रहणमा नजाने भएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार ओली देउवाको शपथमा जाने छैनन् । उनी अहिले शीतलनिवास गएका छैनन् ।

“प्रतिपक्ष दलको नेता उपस्थित हुनुपर्ने धेरै ठाउँमा देउवा उपस्थित हुनुभएन,” ओलीको सचिवालयका एक सदस्यले  कुरा गर्दै भने, “शीतलनिवास किन जानुपर्‍यो ? यो सरकार स्वभाविक जनादेशबाट आएको सरकार होइन, परमादेश दिने र रिट निवेदक पुगे भइहाल्छ ।”