माधव नेपाललाई एमालेमा ठाउँ छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३० २०७८
6.9K
SHARES

३० असार काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट  पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढाल्ने काम गरेका माधव नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताए ।

उनले आत्मालोचना गरेर पनि एमालेमा फर्किन नमिल्ने बताए । बाँकी नेताहरुलाई आत्मालोचनासहित फिर्ता गरिने पनि उनको भनाइ थियो ।