नेता गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ३० २०७८
6.4K
SHARES
३० असार काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
बुधबार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई १० लाख धराैटीमा छोडेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट