मलाई नतिजा चाहिन्छ – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३० २०७८
12.1K
SHARES

३० असार काठमाडौ । आज नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने बताए ।

उनले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताए ।  पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्रलाई सही दिशातर्फ अग्रसर गराउने गरी काम गर्न पनि निर्देशन दिए ।