एमालो स्थायी कमिटी बैठकमा बस्दै : माधव नेपाल नजाने, नेपाल पक्षका यी नेताहरु सहभागी हुने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
5.1K
SHARES

१ साउन काठमाडौ । आज नेकपा एमालेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता मावधकुमार नेपाल भने सहभागी नहुने भएका छन् ।बैठकमा नेपाल पक्षका कार्यदलमा रहेका नेताहरु भने सहभागी हुने स्थिति देखिएको छ । कार्यदलले बनाएको १० बुँदे सम्झौतामाथि छलफल हुन लागेकाले नेपाल पक्षका नेताहरु बैठकमा उपस्थित हुने भएका हुन् ।

वार्ता टोलीमा रहेका नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव ईंश्वर पोखरेलसँग छलफल गर्न बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल जाँदैछन् ।वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले आफूहरु अध्यक्षसँग कुरा गर्नका लागि बैठकस्थलमा जान लागेको बताए । कार्यदलले अध्यक्ष र महासचिवलाई आग्रह गरेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

आजको बैठकमा सहभागी भएर सहमतिको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिने नेताहरुले बताएका छन् ।यसअघि स्थायी कमिटीको अनौपचारिक वैठकमा उपस्थित भएर माधव पक्षधर वार्ता टोली संयोजक भीम रावलले १० बुँदे सम्झौता बुझाएका थिए ।