नेपाल पक्षलाई नेता बास्कोटाले दिए यस्तो संज्ञा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
4.2K
SHARES

२ साउन काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षबाट ६ जना मन्त्री बन्न लागेको दाबी गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका ओली पक्षीय नेता बास्कोटाले शनिवार बिहान सामाजिक सञ्जालमार्फत नेपाल पक्षलाई ‘भाइ काँग्रेस’को संज्ञा दिँदै देउवा सरकारमा सहभागी हुन लागेको दाबी गरेका हुन्।

काँग्रेसबाट ९ जना, नेपाल पक्षबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, जसपा यादव पक्षबाट ५ जना मन्त्री बन्ने सम्झौता भएको उनको दाबी छ।