एमालेको केन्द्रीय कमिटी बैठक बस्दै , यस्ता छन कार्यसूचि


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
3.9K
SHARES

२ लाउन काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

केन्द्रीय कमिटीको १४औँ बैठक आउँदो सोमबार बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बोलाइएको छ । त्यसअघि, आइतबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । शुक्रबार पनि स्थायी कमिटीको बैठक बसेको थियो ।

बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि ओली राजी भएनन् । आज दुवै पक्षका दोस्रो तहका नेताहरुले पार्टी एकताका विषयमा छलफल गरेका छन् ।