जंगलमा युथफोर्सले थाल्यो तालिम दिन


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
22.8K
SHARES

२ साउन काठमाडौ । नेपाल सरकारबाट बाहिरिए लगत्तै युथफोर्स ब्यूताएको नेकपा एमालेले युवाहरुलाई भेला पारेर तालिम दिन थालेको छ । शनिबार भक्तपुरको सुर्यविनायक जंगलस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा केही युवाहरु भेला पारेर ओरियन्टेशन गरिएको युवासंघका अध्यक्ष क्षितिज थेवेले बताए ।

अगामी शनिबार उपत्यकास्तरीय युथफोर्स घोषणा गर्ने र पोशाकसहित १० हजार युवा उतार्ने उनले घोषणा गरे । भिजनमा स्पस्ट भयो भने टिमवर्क र मिसन सफल हुन्छ । आएका समस्या समाधान गर्न कसलाई कसरी सम्झाउन, कसलाई कसरी व्यवस्थापन गर्ने हामीलाई थाहा । १० हजार युवा ९ गते शनिबार पोशाकसहित सार्वजनिक गर्ने छ ।

तालिम कार्यक्रमलाई नेता महेश वस्तेतले सम्बोधन गरेका थिए । युवाहरुलाई कार्यक्रमको भिडियो नखिच्त निर्देशन दिदै उनले युथफोर्सका युवाहरु फौजी प्रकृतिको हुनपर्ने बताएका थिए । नेता बस्नेतले सम्बोधनका क्रममा युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन निर्देशन दिए ।