आज जसपाको विवाद सुनुवाइ हुँदै , कस्ले पाउछन आधिकारिता ?
३ साउन काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा)को विवादमा सुनुवाइ हुँदैछ । निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई आज आयोगमा बोलाएको छ । पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो ।
आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।
“पाँचजना आयुक्तहरु इजलास बस्नुहुन्छ । दुवै पक्षलाई बोलाइएको छ । उहाँँहरुले कानुन व्यवसायीहरुले बहस नोट पेश गर्नुपर्ने हुन्छ । इजलासबाट उहाँहरुको कतिपय सक्कल कागतजात पेश भएको छैन । दुवै पक्षको माइन्युट माग्ने काम आज हुने सम्भावना छ,” आयोगका सचिव सुरेश अधिकारीले भने ।
आयोगले यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरु राजी नभएपछि इजलासबाट निरुपण प्रक्रिया अघि बढाएको हो । आयोगले छिट्टै नै विवाद निरुपणको तयारी गरेको छ । आजै बहस सुरुवात भएमा एक पक्षलाई तीन घण्टाको समय दिने आयोगको तयारी छ ।
पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारिकता दाबी गरेको थियो । उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ ।