पहिला श्री ५ ले अहिले श्रीमान् ५ ले देउवालाई नियुक्त गरे – नेता ज्ञवाली


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
8.9K
SHARES

३ साउन काठमाडौ । आज एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतका न्यायाधीशसहित न्यायाधीशहरूलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग तुलना गर्दै ‘श्रीमान् ५’ भनेका छन्। संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि छलफलमा बोल्दै उनले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका शेरबहादुर देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री भएको बताएका हुन् ।

‘२०६१मा राजा ज्ञानेन्द्रले माननीय देउवाजीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो। अनि देउवाजीले त्यो बेला भन्नुभएको थियो– श्री ५ सरकारबाट मलाई न्याय भयो,’ उनले भने, ‘अहिले फेरि उहाँ पाँच जना श्रीमानहरूको आदेशबाट प्रधानमन्त्री हुनुभएको छ। पहिला श्री ५ र अहिले श्रीमान् ५’