माधव नेपाल गद्धार हो , एमालेमा कुनै ठाँउ छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ४ २०७८
6.6K
SHARES

४ साउन काठमाडौ । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पुनः गद्धार घोषणा गर्दै उनलाई एमालेमा कुनै स्थान नभएको दोहोर्याएका छन् । केही दिन अघि प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटार छाडेर निजी आवास बालकोट पुगेपछि उनले नेपाललाई राष्ट्यि गद्धार भन्दै उनलाई एमालेमा स्थान नभएको घोषणा गरेका थिए ।

आज पार्टी केन्द्रीय समितिको १० औँ बैठकमा पनि अध्यक्ष ओलीले माधव कम्युनिष्ट आन्नोलनको गद्धार भएको भन्दै आक्रोश पोखे । माधव नेपाल सहित २२ सांसदले प्रधानमन्त्रीमा पार्टीको निर्देशन विपरीत देउवाको पक्षमा मतदान दिएपछि ओली थप आक्रोशित बनेका हुन् ।
ओलीको आक्रोसले एमाले भित्र माधव नेपाल सहितको एकतामा असर पर्न सक्ने अनुमान गर्न थालिएको छ । हिजै मात्रै ओली पक्षका आठ सांसदले निर्देशन अस्वीकार गर्दै देउवालाई मत हाल्न माधव नेपालसँगै उभिएका थिए ।