पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब कति पुग्यो मूल्य ?


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
12.5K
SHARES

६ साउन काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले ग्यासमा २५ रुपैयाँ र डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धमा सबैमा दुई दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धिसँगै काठमाडौंमा पेट्रोल लिटरको १२९, डिजेल र मट्टितेल ११२ रुपैयाँ पुगेको छ । आन्तरिक ह्वाइ इन्धनतर्फ ८४ प्रतिलिटर, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ ७५४, एलपी ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धी गरेर १४२५ रुपैयाँ पुर्याइएको निगमले जनाएको छ ।

कोरोनाका बाबजुद पनि भारतबाट आउने इन्धनको मूल्य बढेकाले पुनः समायोजन गरिएको निगमले जनाएको छ। पछिल्लो समय इन्धनमा निरन्तर मूल्यवृद्धि हुँदै आएको छ । यस अघि इन्धनको मूल्य १० असारमा समायोजन भएको थियो ।