आज युथ फोर्सको भ्याली कमाण्ड घोषणा
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन ९ २०७८
6.8K
SHARES
९ साउन काठमाडौं। आज नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ। शनिबार युवा संघले बबरमहलको कार्की ब्याङ्क्वेटमा एक कार्यक्रममार्फत् युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरिएको हो।
एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन्। भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए।
जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो। जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट