स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
5.2K
SHARES

११ साउन काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१७, बरालफिडमा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो ।

स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो ।