संग्रौलालाई साइबर सेना लगाएर मार्ने नेता बस्नेतको धम्की


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
8.2K
SHARES

११ साउन काठमाडौं । आज लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताउनुभएको छ । महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा संग्रौलाले लेख्नुभएको छ, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

उहाँले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? प्रश्न गर्नुभएको छ ।

‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर’, संग्रौलाले लेख्नुभएको छ ।