पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
3.5K
SHARES

१२ साउन काठमाडौं । आज प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदातलबाट पनि सफाइ पाएका छन् ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासबाट महराले सफाइ पाएका हुन् ।

न्यायाधीशद्वयको इजलासले यसअघि काठमाडौ जिल्ला अदालतले गरेको फैसला सदर गरिदिएको हो ।