बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी , यी हुन एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
5.1K
SHARES

१२ साउन काठमाडौं। अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ।

स्रोतका अनुसार यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको छ।

आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।