३३ किलो सुनकाण्ड : फरार ‘भोजे मामा’ पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १५ २०७८
4.1K
SHARES
१५ साउन काठमाडौ । आज तेत्तिस किलो सुनकाण्डका फरार एक जना प्रतिवादीलाई काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘भोजे मामा’ भन्ने भोजराज भण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ ।
मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ । रासस
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट