शाओमी लगातार फर्च्युन ग्लोबल सूचीमा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
8.9K
SHARES

२० साउन काठमाडौं । शाओमी सन् २०२१ को र्‍याङ्किङ ३३८ औँ स्थानमा उक्लिएसँगै लगातार तेस्रो वर्ष फर्च्युन ग्लोबल ५०० को सूचीमा परेको छ । सन् २०२० मा ४२२ औँ रहेको शाओमी २०२१ मा ८४ स्थानको माथि पुगेको हो ।

२०२१ को र्‍याङ्किङ शाओमीलाई इन्टरनेट र रिटेल श्रेणीमा सबैभन्दा छिटो वृद्धि गर्ने कम्पनीको रूपमा स्थापित गरिएको छ । जसले २०२१ को फर्च्युन ग्लोबल ५०० को सूचीमा सामेल गरेको छ ।