आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
3.4K
SHARES

२८ साउन काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन् ।  यसैबीच, आजै ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  बैठक बिहान ११ बजे स्ने संसद सचिवालयले जनाएको छ ।